अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली बोकेको चार्टर विमान काठमाडौंमा अवतरण
अमेरिकाले थप तीन जना नेपालीलाई देश निकाला गरेको छ । चार्टर उडान नम्बर जीआरपी २६ मा राखिएका तीन जनालाई आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयलाई हस्तान्तरण गरिएको बताइन्छ ।
अमेरिकाको टेक्सासबाट फर्काइएका तीन जना नेपालीहरुमा पर्वतका विशाल चापागाईं दाङका मुकेश चौधरी र रुकुम पश्चिमका वीरेन्द्र बुढा हुन् । उनीहरु सबै मेक्सिको हुँदै अवैध तवरले अमेरिका छिरेका थिए ।
विमानस्थलको अध्यागमन कार्यालयमा राखिएका उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेपछि नेपाल प्रहरी, मानव बेचबिखन ब्युरोको जिम्मा लगाउने तयारी छ ।
टिप्पणीहरू