चन्द्रागिरीमा मात्रै ५ हजार बढीमा संक्रमण

चन्द्रागिरीमा मात्रै ५ हजार बढीमा संक्रमण

कोरोना संक्रमण बढिरहेका बेला राजधानी काठमाडौँको चन्द्रागिरी नगरपालिकामा मात्रै गत २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

योसहित नगरपालिकाका १५ वटै वडामा गरि हालसम्म ५ हजार ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको नगरकार्यपालिकाको कार्यालयले जनाएको छ ।नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार हाल ३ सय ११ जना सक्रिय संक्रमित रहेकोमा ५९ जना अस्पतालका आइसोलेसनमा र २ सय ५२ जना होम आइसोलेसनमा बसेका छन् ।

टिप्पणीहरू