पाँच सयमा बिकिस् खुच्चिङ्ग भन्दै अनौठो बिरोध

भारतमा सडक दुरावस्थाको बिरोध गर्दै अनौठो खालको प्रदर्शन गरिएको छ । स्थानीयले गरेको फरकशैलीको बिरोधसम्बन्धी भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । स्थानीयले संगीत र गीतको तालमा भत्केको सडकमा उभिएर गाउँदै नाराबाजी गरेका छन् ।

भाइरल भिडियोमा राजनीतिज्ञहरुको प्रलोभनमा परेर उनीहरुलाई जिताउन मासु,रक्सी तथा नगदमा सर्वसाधारण बिकेको रहस्य खुलाइएको छ ।

हिन्दी गीतको शैलीमा भनिएको छ, ‘दारु,मुर्गी खाओगे ऐसे रोड पाओगे,पाँच सो मे बिक जाओगे ऐसे रोड पाओगे,गलतको भोट लगाओगे ऐसे रोड पाओगे,दारुमे बिक जाओगे ऐसे रोड पाओगे’ शब्दलाई गीत बनाइएको छ ।

टिप्पणीहरू