नयाँ नेकपाको घोषणापत्र तयार,वैज्ञानिक समाजवाद मुख्य आधार
प्रस्तावित नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको उद्देश्य वैज्ञानिक समाजवाद किटान गरेको छ । हिजो साँझ चन्द्रागिरी हिल्स रिसोर्टमा रहेका साँसद र केन्द्रीय सदस्य गरी झण्डै सय जना लाई उपलब्ध गराइएको पार्टीको घोषणापत्रमा उक्त विषय लेखिएको बताइएको छ ।
‘नेपाल कम्युनिष्ट पार्टीले शुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ,’ पार्टीले घोषणापत्रमा लेखेको छ ।
सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत् नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख व्यवस्था प्राप्तिको दिशामा नेकपा एकीकृत समाजवादी अग्रसर हुने दृढता त्यसैमार्फत व्यक्त गरिएको छ ।



पार्टीले मार्ग निर्देशक सिध्दान्तको रुपमा मार्क्सवाद–लेनिनवाद रहने जनाएको छ । मार्क्सवाद–लेनिनवाद,क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त रहेको घोषणापत्रमा लेखिएको छ ।
टिप्पणीहरू