जेठ २ मा फर्किएको एमाले बैठकमा पूर्वमाओवादीको लर्को
विगतमा माधव नेपाल समूहमा रहेर अहिले तेस्रो धार बनाएका नेताहरुको मागबमोजिम बोलाइएको भनिएको एमाले स्थायी कमिटी बैठकमा पूर्वमाओवादीका नेताहरु पनि सहभागी भएका छन् ।
हिजो अध्यक्ष केपी ओलीसँगको छलफलमा तेस्रो धारका नेताहरुले २०७५ जेठ २ को स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । सोहीअनुसार भनेर बोलाइएको बैठकमा पूर्वमाओवादीका नेताहरुलाई पनि राखिएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि शुरु भएको बैठकमा तेस्रोधार र पूर्वमाओवादी दुवैतर्फका नेताहरु मिसिएका छन् । वैठकमा पूर्वमाओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा उपस्थित छन् ।
त्यस्तै, पटक-पटक अध्यक्ष ओलीबाट कारवाहीमा परेका र साधारण सदस्यबाट समेत निश्कासित भीम रावल,घनश्याम भुसाल,सुरेन्द्र पाण्डेसहित पूर्वमाधव नेपाल समूहका नेताहरु पनि बैठकमा बसेका छन् ।
पूर्वमाओवादीसहितको बैठक बोलाउने कि ७५ जेठ २ अनुसारको बोलाउने भन्नेमा एमालेमा चर्को विवाद थियो । माधव नेपाल समूह जेठ २ को कमिटीको बैठक राख्नुपर्ने अडानमा थियो भने ओली बादलहरुसहितको बैठक बस्नुपर्ने पक्षमा हुनुहुन्थ्यो । माधव नेपालले छुट्टै पार्टी गठन गरी माओवादीसहितको बैठक राख्न तेस्रो धार पनि सहमत भएपछि ओलीले बैठक बोलाउनु भएको हो ।
टिप्पणीहरू