सडकमा चुँडिएको बिजुलीको तारले बालक ठहरै
बर्दियामा सडकमा चुँडिएको बिजुलीको तारबाट एक बालकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–२, पाताभार बस्ने अनिल थारुको ६ वर्षीय छोरा दिपेन थारुको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
घरबाट करिब ६ सय मिटर टाढाको सडकमा विद्युतको चुँडिएको तारमा छुँदा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
टिप्पणीहरू