न्युरोडमा खुलमखुल्ला हुण्डी कारोबार
मुलुकको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्रको रुपमा परिचित काठमाडौंका न्युरोडमा हुण्डी कारोबार मौलाएको छ । त्यही क्रममा आज प्रहरीले ८५ लाख ९६ हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेल, मधुसुधन खड्का र अभिशेष अग्रवाल रहेका छन् । प्रहरीले पौडेलको साथबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ फेला पारेपछि उक्त रहस्य खुलेको हो ।
पौडेलको बयानको आधारमा प्रहरीले होलिडे ट्रेडिङका सञ्चालक अग्रवालसमक्ष पुगेको थियो । त्यसपछि उनीसँग रहेको ५४ लाख ५६ हजार रकमसहित उक्त संस्थामा कार्यरत मधुसुदन खड्कालाई समेत प्रहरीले पक्राउ गरेको बताइन्छ । उनीहरुको गतिबिधिबाट हुण्डी कारोबार भएको प्रहरीले आशंका गरेको छ ।
टिप्पणीहरू