एमसीसीको विरुद्ध र राजसंस्थाको समर्थनमा भोलि बोलिने

एमसीसीको विरुद्ध र राजसंस्थाको समर्थनमा भोलि बोलिने

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसीविरुद्ध शाही युवा शक्ति नेपालले बिरोध कार्यक्रम आयोजना गर्ने भएको छ ।

युवा शक्ति नेपाल काठमाडौं निर्वाचन क्षेत्र नं २ ले भोलि एमसीसीविरुद्ध र राजसंस्था एवम् हिन्दु राज्य पुनस्र्थापनाको माग राख्दै सो कार्यक्रमको आयोजना गर्न लागेको बताएको छ ।

‘सम्पूर्ण जनता जागौं, राष्ट्रघाती एमसीसी खारेज गर्न एक जुट होऔं’ भन्ने मूल नाराका साथ कार्यक्रम भोलि दिउँसो २ बजे जोरपाटीमा हुन लागेको हो ।

टिप्पणीहरू