स्वयम्भूमा एका बिहानै मास्क बाँडियो

स्वयम्भूमा एका बिहानै मास्क बाँडियो

काठमाडौंको स्वयम्भूस्थित भगवान पाउमा आज बिहान कोरोना भाइरसबाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्दै मास्क वितरण गरिएको छ । स्थानीय प्रहरी साझेदारीमा काठमाडौं महानगरपालिका १५ नम्बर वडा र महानगरीय वृत्त स्वयम्भूको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको मास्क वितरण कार्यक्रमको अध्यक्षता काठमाडौं महानगरपालिका १५ नम्बर वडा सदस्य आनन्द गौतमले गर्नुभएको हो ।

नेपाल प्रहरीको महानगरीय वृत्त स्वयम्भूका डिएसपी मिलनकुमार केसी,सशस्त्र प्रहरी,नेपाली सेनालगायत दर्जनौंको उपस्थितिमा बिहान ८ बजेदेखि मास्क वितरण गरिएको हो ।

टिप्पणीहरू