अनलाइनमार्फत वाइसियलको भेला शुरु

अनलाइनमार्फत वाइसियलको भेला शुरु

नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरु भएको छ ।

भर्चुअल माध्यमबाट हुन लागेको भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही बेरअघि उद्घाटन गर्नुभएको हो । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाएका छन् ।

‘उत्पादन,स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

भेलामा झन्डै साढे ६ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने वाइसिएलले जनाएको छ । उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा,उर्जामन्त्री पम्फा भुसाल,स्थायी कमिटी सदस्य मात्रिका यादवलगायतका नेताहरु सहभागी भएका छन् ।

टिप्पणीहरू