काठमाडौंका तीन वटा नगरपालिकालाई राप्रपाको ज्ञापनपत्र

काठमाडौंका तीन वटा नगरपालिकालाई राप्रपाको ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज काठमाडौंका तीन वटा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौंको कागेश्वरी मनोहरा, शंकरापुर र गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्ने भनिएको व्यवस्थित शहर तथा जोरपाटी–साँखु सडक खण्ड जतिसक्दो छिटो निर्माण गर्न माग गर्दै उसले विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा नेपाल संघर्ष समितिका संयोजक बाबुकुमार पौडेल र राप्रपा नेपाल संघर्ष समितिका सचिव रुपक सिखंडाको नेतृत्वमा मध्यान्ह थली चोकबाट ब्यानरसहित नारा लगाउँदै कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा पुगेर कोणसभा गर्दै सुझाव र हस्ताक्षरसहितको ज्ञापनपत्र मेयर कृष्ण हरि थापालाई बुझाएको हो ।

प्रदर्शनमा राप्रपा जिन्दावाद, हाम्रो माग पूरा गर, हिन्दुराज्य कायम गरलगायतका नारा लगाइएको थियो । सघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा नगरभित्रका कुनैपनि जग्गा जमिन वा आयोजना सञ्चालन गर्न स्थानीय सरोकारवालासँग समन्वय नगरी जग्गा रोक्का गर्नु अनुचित भएको, आयोजना सञ्चालन वा सुचारु गर्न स्रोतको उचित व्यवस्था नभई आयोजना सञ्चालन गर्नु अनुचित रहेको, आयोजनाको कुनैपनि डिपिआर तयार नभई आयोजना सञ्चालन गर्न नहुने, आयोजना निर्धारित समयमा पूरा नभएको खण्डमा जग्गाधनी कृषकलाई क्षतिपूर्तिको व्यवस्था पर्नेलगायतका बुँदाहरु उल्लेख गरिएको छ ।

टिप्पणीहरू