दुई हजार नतिर्दा चिसो खोर

दुई हजार नतिर्दा चिसो खोर

सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिएका हेटौँडा ७ का दशरथ अर्याललाई प्रहरीले पक्रेर अदालतमा पेश गरेको छ । उनी चितवन जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिए पनि फरार सूचिमा थिए ।

अर्यालजस्तै फरार सूचिमा रहेका अन्य तीन जनालाई पनि मकवानपुर प्रहरीले पक्रेर अदालतमा उपस्थित गराएको छ । दुई दिनको अवधिमा फरार सूचिका चार जनालाई पक्रेर अदालत बुझाइएको मकवानपुर प्रहरी प्रवक्ता जयईश्वर रिमालले बताउनुभयो ।

उनी चितवन जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिए पनि फरार सूचिमा थिए ।

उच्च अदालत पाटनको हेटौँडा इजलासले बैंकिङ कसुरमा १० दिन कैद,४ लाख १८ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकिएका राक्सिराङ गाउँपालिका ५ का कौशीमाया स्याङ्तानलाई इलाका प्रहरी मनहरीले भदौ १३ गते पक्राउ गरी कैद र जरिवाना भुक्तानका लागि जिल्ला अदालत हेटौँडामा पेश गरेको छ । त्यसैगरी जिल्ला अदालत हेटौँडा र उच्च अदालत पाटनको हेटौँडा इजलास र जिल्ला अदालत हेटौँडाको फैसलाले वन मुद्दामा तीन लाख ५७ हजार ६ सय ४० रुपैयाँ जरिवाना तोकिएका बकैया गाउँपालिका ६ बस्ने गंगा लामालाई हेटौँडा ५ बाट हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला अदालतले चेक अनादर मुद्दामा दुई हजार रुपियाँ जरिवाना तोके पनि फरार भएका बकैया गाउँपालिका ३ का शिवबहादुर खुलाललाई पनि प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । उनलाई आज पक्राउ गरी अदालतमा पेश गरिएको हो ।

टिप्पणीहरू