रविन्द्र मिश्रद्वारा विवेकशील साझा पार्टीमा “कू” ?
भर्खरै अध्यक्ष रविन्द्र मिश्रले पार्टी एकीकरण सम्झौताविपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठक आह्वान गरेर विवेकशील साझा पार्टीभित्र ‘कू’ गरेको आरोप लागेको छ।
केन्द्रीय सदस्य महेश पाठकले सामाजिक सन्जालमार्फत एक बिज्ञप्ती जारी गर्दै “कू” को प्रतिकार हुनुपर्ने बताएका हुन् । उनको बिज्ञप्तीमा भनिएको छ-“मिश्रजीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुराकै झल्को दिएको छ ।
ज्ञानेन्द्र शाहको ‘कू’ त टिकेन। मिश्रजीको ‘कू’ पनि टिक्ने छैन। मिश्रजीको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै एकल रुपमा बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने जानकारी दिन चाहन्छु ।
साथै यस ‘कू’ को प्रतिकारमा उत्रन सबै साथीहरूलाई आह्वान गर्दछु।
टिप्पणीहरू