एमसीसीको जताततै बिरोध

एमसीसीको जताततै बिरोध

अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध सर्वत्र हुन थालेको छ । राजधानी काठमाडौंमा भइरहेको एमसीसीको बिरोध अब जिल्लामा समेत हुन थालेको छ । राजधानीबाट प्रसारण हुँदै आएको एपीवान टेलिभिजनको बिरोध गर्दै एमसीसी खारेजी अभियानले विज्ञप्ति नै जारी गरेको छ ।

अभियानको चितवन कार्यालयले एपीवान टेलिभिजनलगायतका सञ्चारमाध्यमले एमसीसीको पक्षमा रिपोर्ट र विज्ञापन प्रसारण गरेको भन्दै बिरोधमा विज्ञप्ति निकालेको हो ।

नेपाल सरकारले ४ सय केभि विद्युत प्रसारण लाइन र सडक बिस्तार गर्ने नाममा एमसीसीसँग राष्ट्रघाती सम्झौता गरेको बताउँदै संसदबाट पारित नहुँदै एमसीसीको पक्षमा गरिएको रिर्पोट प्रसारणलाई अभियानले घोर निन्दा गरेको छ ।

एमसीसीबारे प्रचारप्रसार गरेर जनतामा भ्रम सिर्जना गरिएको र यस्तो कार्यले देशभक्त नेपालीमा आक्रोश र घृणा पैदा भएको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी खारेजी अभियान चितवनका संयोजक फणिन्द्र आचार्यद्धारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षाको लागि सञ्चार माध्यमहरुले सकारात्मक कार्यक्रम बनाई भूमिका निर्वाह गर्नु पर्नेमा आर्थिक प्रलोभनमा परी एमसीसीको विषय प्रसारण गरिएको उल्लेख छ ।

टिप्पणीहरू