कलाकार निशा घिमिरेको दिउँसो अन्तिम संस्कार गरिँदै

कलाकार निशा घिमिरेको दिउँसो अन्तिम संस्कार गरिँदै

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा हिजो साँझ निधन भएको छ । घिमिरे करिब तीन महिनादेखि नर्भिकमा उपचाररत थिइन् ।

अभिनयमा डिप्लोमा कोर्स गर्न भारत गएको बेला सडक दुर्घटनामा परी घाइते भएकी घिमिरेलाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिकले गत जेठ महिनामा उनको उध्दार गरेको हो । त्यसपछि उनको निःशुल्क उपचार भइरहेको थियो ।

तर लगातारको उपचारपछि पनि स्वास्थ्यमा उल्लेख्य सुधार भने हुन नसकेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा रहेकी घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छाडेपछि हिजो बिहानैदेखि अवस्था जटिल बनेको बताइन्छ ।

निशाको पार्थिव शरीरलाई आज दिउँसो अन्तिम श्रध्दाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने जानकारी दिइएको छ । त्यसपछि अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।

टिप्पणीहरू