अमेरिकी सेनाले अफगानिस्तानमा के-के छाडेर गए ?
दुई दशकसम्म पकड जमाएर बसेको अमेरिकी सेनाले अगष्ट ३१ तारिखमा अफगानिस्तान छाड्दा हातहतियार र गोला बारुद पनि नलगी हिंडेको छ । पछिल्लो १० दिन राजधानी काबुलको विमानस्थलमा अमेरिकी सेना सिमित हुँदा तालिवान विद्रोहीले राज्यका सबै निकाय कब्जा जमाइसकेका थिए ।
कतिपयले भनेका छन्, ‘अमेरिकी सेनाले हतारमा अफगानिस्तान छाड्दा धेरै हातहतियार गुमाएका छन् ।’ तर कतिपयले भने ती सबै ‘कवाडी’ भएको बताए ।
रुसी रक्षामन्त्री सर्गेई शोयगले दाबी गरेअनुसार अमेरिकी सेनाले अफगानिस्तानबाट फर्किंदा १ सयभन्दा बढी पोर्टेबल एन्टी ट्याङ्क मिसाइल प्रणाली काबुलमै छाडेका छन् ।
रक्षा मन्त्रीले विद्रोही समूहको कब्जामा उक्त हतियारबाहेक ब्ल्याक हक हेलिकोप्टर,हर्कुलस विमानसहित धेरै थरि आधुनिक सवारी साधन आइसकेको बताएका छन् ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि अमेरिकी सेनाले छाडेको हतियारको मूल्य ८५ अर्ब डलर रहेको बताए । जसको नेपाली मूल्य ९९ खर्ब १६ अर्ब ५२ करोड ५० लाख हुन आउँछ ।
ट्रम्पका अनुसार अमेरिकाले अफगानिस्तानमा २२ हजार १ सय ७८ हुम्बेज,८ हजार ट्रक,६ सय ३४ एमआईआई,१ करोड ७१ लाख ६२ हजार ४३ वटा रेडियो,१ सय ५५ एमएक्सएक्सप्रो एन्टी–ल्याण्डमाइन वाहन,१६ हजार ३५ वटा नाइट भिजन चश्मा,१ सय ६९ थान सवारी साधन,३ लाख ५७ हजार ५ सय ३० वटा बन्दुक छाडेको छ ।
यस्तै उनले भनेका छन्, ‘अमेरिकी सेनाले ४२ हजार ट्रक र एसयूभी, १ लाख २६ हजार २ सय ९५ थान पेस्तोल,६४ हजार ३ सय ४३ मेशिन गन, ३३ एमआई–१ हेलिकोप्टर, यूएच–६० ब्ल्याकहक हेलिकोप्टर,चार वटा सी–१३० ट्रान्सपोर्टर, २३ वटा एम्ब्रायर ईएमबी, ३१४ ए२९ सुपर टुकानो, ४३ वटा एमडी ५३० चपर्स, २ सय ८३ वटा कसेना–२०८, १० वटा कसेना एसी–२०८ विमान पनि त्यत्तिकै छाडेको छ ।’
तर अमेरिकी सेनाले ती सबै कवाडी भएकाले अफगानिस्तानमै छाड्नु उपयुक्त देखिएको बताइसकेको छ । यसबीच तालिवानी सेनाले ती हतियारसँग फोटो खिच्दै गरेको दृश्यसमेत पश्चिमा टेलिभिजनहरुले देखाइसकेका छन् ।
टिप्पणीहरू