विवेकशीलमा विवादको चुरो ‘बाहुन झगडा’
नेपाली राजनीतिको शुध्दिकरणका लागि गठन भएको भन्दै आएको विवेकशील साझा पार्टीले विभाजनको अन्तिम सास फेरिरहेको छ । आज उक्त पार्टीको दुई समूहका छुट्टा छुट्टै भएका बैठकले पनि दल अब एउटै नरहने अवस्था दर्शाएको छ ।
विभाजन र विवादका लागि देखिने गरी अध्यक्ष र संयोजकका भिन्दाभिन्दै राजनीतिक दस्तावेज भनिए पनि खास विषय अरु नै रहेको केही नेताले बताएका छन् । एकता पूर्वको विवेकशील साझाका एक संस्थापक नेताका अनुसार विवादको चुरो पार्टीभित्र रहेको बाहुनवाद हो ।
‘अध्यक्ष मिश्र विवेकशील साझाका केपी ओली हुन् । उनी आफू केही गर्न नसक्ने र अरुलाई पनि केही गर्न नदिने प्रवृत्तिको भएकाले अब उक्त दलको विभाजन नै एकमात्र निकास हो ।’
दोस्रो रविन्द्र मिश्रको तानाशाही र तेस्रो मिलन पाण्डेको बचकनापन रहेको ती नेताले जनआस्थालाई बताए । सतहमा वैचारिक विवाद भनिए पनि विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेमा रहेको इगो र बाहुनवादी सोच नै विवादको जड रहेको ती नेताले बताए ।
मूल नेतृत्वमा रहेका पाँच जना बाहुन नै विवादको जड रहेको उनको आरोप छ । उनी भन्छन्, ‘अध्यक्ष मिश्र विवेकशील साझाका केपी ओली हुन् । उनी आफू केही गर्न नसक्ने र अरुलाई पनि केही गर्न नदिने प्रवृत्तिको भएकाले अब उक्त दलको विभाजन नै एकमात्र निकास हो ।’
टिप्पणीहरू