अब पनि रोकिन्छ त काङ्ग्रेस महाधिवेशन ?
नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । नेपाली काँग्रेसको वडा अधिवेशनको पूर्वसन्ध्यामा आगामी १४ औं महाअधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै आजै महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलमार्फत रिट दायर गरेका हुन् ।
रिटमा कोभिड १९ को महामारीमा १० औं हजारको उपस्थितिमा महाधिवेशन प्रक्रिया शुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै उपयुक्त आदेश दिन माग गरिएको छ । जसको पेशी आइतबारका लागि चढेको छ ।
काँग्रेसले महाअधिवेशन प्रक्रिया भोलिबाटै शुरु गर्दैछ । भोलि शुक्रवारदेखि नै वडा तहको अधिवेशन हुँदैछ । कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाअधिवेशन गर्ने तयारी छ ।
टिप्पणीहरू