अफगानिस्तानबाट कसले कतिको उध्दार गरे ?

अफगानिस्तानबाट कसले कतिको उध्दार गरे ?

अफगानिस्तानमा अघिल्लो महिना भएको राजनीतिक उथलपुथलसँगै त्यहाँबाट सुरक्षित तवरले अन्यत्र जान खोज्ने विदेशी र कतिपय अफगान नागरिकलाई क्रमशः उध्दार गरिएको छ ।

तालिवानले पूरै देश कब्जा गर्दै जाँदा मुख्यगरी त्यहाँ रहेका विदेशी नियोग, दातृ संस्था,राष्ट्र संघलगायतका संस्थामा कार्यरत कर्मचारी र तिनका परिवार जतिसक्दो छिटो काबुल छाड्न विमानस्थल पुगेका थिए । त्यहाँ विभिन्न पेशामा रहेका हजारौं विदेशी पनि सबैथोक छाडेर आफ्नो देश फर्किने भन्दै व्यग्र भएर बसे ।

तर,काबुल विमानस्थलमा व्यावसायिक उडान रोकिएपछि सबैको ध्यान उद्धार उडानमाथि परेको थियो । विशेषगरी अमेरिका र पश्चिमा मुलुकले त्यहाँबाट आफ्ना नागरिकहरुको उद्धार गरिरहँदा छिमेकी पाकिस्तानले पनि आफ्नासहित अन्य धेरै देशका नागरिकको उद्धार गरेको जनाएको छ ।

इस्लामावाद पोलिसी रिसर्च इन्स्टिच्युटले पाकिस्तानले अमेरिका, क्यानाडा,जापान,कोरिया,बेलायत लगायत २३ वटा देशका नागरिकहरुको उद्धार गरेको जनाएको छ । तीमध्ये १० हजार जनालाई हवाई तथा स्थल मार्गबाट पाकिस्तानी सीमा हुँदै उद्धार गरिएको हो । त्यसका लागि ३ सय ३२ विशेष उडान सञ्चालन गरिएको बताइएको छ ।

त्यसक्रममा पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष,विश्व बैंक, संयुक्त राष्ट्रसंघ,नेटो र अमेरिकी नागरिकको समेत अफगानिस्तानबाट उद्धार गरेको बताएको छ । यो उसले अगष्ट ३० तारिखसम्म गरिएका कार्यको विवरण हो भनेको छ ।

टिप्पणीहरू