जेठ २ मा फर्किने भनियो तर अध्यक्ष ओलीको आफ्नै सुर

जेठ २ मा फर्किने भनियो तर अध्यक्ष ओलीको आफ्नै सुर

एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) नेपालको भोलिलाई बोलाइएको भेलाले एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको भन्ने संस्थापन पक्षको भनाईलाई गलत सावित गरिदिएको छ । पार्टी इञ्चार्ज र संस्थाका अध्यक्षको जानकारी बिना भोलि दिउँसो तुल्सीलाल स्मृति प्रतिष्ठानमा २ बजे बोलाइएको भेलाको प्रमुख अतिथि भने एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याइएको भनिँदा त्यसको इञ्चार्ज नेता रघुजी पन्त हुनुहुन्छ । पीपीएलएको अध्यक्ष रुद्रप्रसाद नेपाल हुनुहुन्छ । तर, इञ्चार्ज र अध्यक्ष दुबैले भोलिको भेलाको बारेमा अनभिज्ञता जनाउनुले पार्टी संस्थापन पक्ष पेलेरै अघि बढ्ने ढंगले अघि बढेको बताइएको छ ।

“इञ्चार्ज पन्तले अवैधानिक भेलाबारे पार्टी महासचिव, उपमहासचिवलगायतका नेतालाई जानकारी गराए पनि उहाँहरुले कानमा तेल हालेर बस्नुभएको आरोप लगाएको छ । “

आयोजक पक्षले केन्द्रीय समितिको तर्फबाट सबै समर्थक, शुभेच्छुक र सदस्यलाई निम्तो दिएको छ । तर,पीपीएलएका अध्यक्ष नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा संस्थागत निर्णय नै नभएको उक्त भेलामा सहभागी नहुन सबैलाई अपिल गरिएको छ ।

उहाँले लेख्नुभएको छ, ‘भोलि केन्द्रीय समितिको नाममा बोलाइएको भनिएको भेला पीपीएलएको संस्थागत निर्णय विना भएकोले उक्त भेलाबारे पीपीएलएलाई संस्थागतरुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ । पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीहरुलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु ।’

“त्यसको इञ्चार्ज नेता रघुजी पन्त हुनुहुन्छ । पीपीएलएको अध्यक्ष रुद्रप्रसाद नेपाल हुनुहुन्छ । तर, इञ्चार्ज र अध्यक्ष दुबैले भोलिको भेलाको बारेमा अनभिज्ञता जनाउनुले पार्टी संस्थापन पक्ष पेलेरै अघि बढ्ने ढंगले अघि बढेको बताइएको छ ।*

भोलिको भेलालाई संस्थाका एक जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले आफ्ना मान्छे प्रयोग गरेर जबर्जस्ती अघि बढाइएको गतिविधिको संज्ञा दिएका छन् । संस्थाका अध्यक्ष र पार्टीका इञ्चार्जलाई थाहा नै नहुने कस्तो भेला हो भन्दै उहाँले थप्नुभयो,‘अवैधानिक भेला बोलाएर स्वयम् पार्टी अध्यक्षले जेठ २ अघिको सहमतिको ठाडो उल्लंघन गर्न खोज्नुभएको छ ।’

‘अवैधानिक भेला बोलाएर स्वयम् पार्टी अध्यक्षले जेठ २ अघिको सहमतिको ठाडो उल्लंघन गर्न खोज्नुभएको छ ।’

स्रोतले यसबीच इञ्चार्ज पन्तले अवैधानिक भेलाबारे पार्टी महासचिव, उपमहासचिवलगायतका नेतालाई जानकारी गराए पनि उहाँहरुले कानमा तेल हालेर बस्नुभएको आरोप लगाएको छ । इञ्चार्जले पार्टी नेतृत्वमा सबिस्तार रिपोर्टिङ गरे पनि संस्थापन पक्ष कुनै हालतमा भोलिको भेला बोलाउन लागि पर्नुले समस्या नयाँ ढंगले बल्झिने अड्कल लगाइएको छ ।

टिप्पणीहरू