एमसीसीको विरोध गर्नेहरु दूतावास अगाडिबाट समातिए
एमसीसी खारेजीको माग राख्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने एक दर्जन युवाहरु समातिएका छन् ।
निर्ग जैसीको नेत्रित्वमा एमसीसी खारेजीको माग राख्दै युवाहरु प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, गेट आउट एमसिसी जस्ता नाराहरु लगाईएको थियो ।
उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज बृतमा लगिएको छ ।
टिप्पणीहरू