कुलमान र हितेन्द्रको तलब बराबर

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति गैरकानुनी भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको बेञ्चले निर्णयका कागजात झिकाउन आदेश दिएको छ ।

कुलमानअघि प्रवन्ध निर्देशक रहेका हितेन्द्रले सहमतिबेगर आफूलाई प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने जिकिर गरेका छन् । राजीनामा नदिएको र कुनै स्पष्टीकरणसमेत नसोधिएको अवस्थामा आफू त्यहाँको कार्यकारी निर्देशकमै कायम रहेको उनको दावी छ । तर, उनको रिटलाई प्राधिकरणभित्रै अचम्मको विषय बनाइएको छ । किनभने, उनी ५८ वर्षे उमेरहद लागेर दुई वर्षपछि रिटायर्ड हुँदै थिए । तर, उर्जा आयोगमा चार वर्षको पदावधि तोकेर बढुवासहित नियुक्ति दिइएको छ । उनलाई विशिष्ट श्रेणी (सचिव सरह) को हैसियतमा पदोन्नत गर्दै प्राधिकरणको प्रवन्ध निर्देशक हुँदैका सेवा सुविधा पनि दिइएको छ । प्राधिकरणका प्रबन्ध निर्देशकले मासिक करिब चार लाख रुपैयाँ तलब–सुविधा पाउने व्यवस्था छ । उर्जा आयोगमा पनि त्यति नै तलब तोकिएको छ ।

टिप्पणीहरू