आज सैनिक अदालतबाट आउन सक्छ यस्तो आदेश

आज सैनिक अदालतबाट आउन सक्छ यस्तो आदेश

न्याय सम्पादनको सिध्दान्तले भन्छ – ‘हजार दोषीले उन्मुक्ति पाउन् तर एक जना पनि निर्दोषले सजायँ नपाओस्’। तर,हामीकहाँ मुद्दा चलेर थुनामा परेको व्यक्तिलाई पछि अदालतले निर्दोष ठहर गरेका थुप्रै उदाहरण छन् । त्यस्ता निर्दोष व्यक्तिलाई क्षतिपूर्ति दिने कानून त अहिलेसम्म बनेकै छैन ।

निर्दोषले सजाय भोग्नु परिरहेको त्यस्तै एउटा घट्नामा पछिल्लो समय नेपाली सेना पनि जोडिएको छ । करिब साढे दुई वर्षअघि हतियार चोरीको घटनामा सैनिक अदालतले दोषी ठहर गरेका दुई जना तल्लो तहका सैनिक कर्मचारी निर्दोष रहेको सेनाकै एक उच्च अधिकारीले दाबी गरेका छन् । यद्यपि मुद्दाको सुनुवाई चलिरहेकाले अदालतले कस्तो फैसला गर्छ हेर्न बाँकी नै छ ।

भएको के रहेछ भने,सेनाको भरतपुर ब्यारेकमा तैनाथ अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङमाथि ब्यारेकबाटै हतियार चोरेको आरोपमा सैनिक अदालतले गुरुङलाई १० वर्ष र तामाङ्गलाई सात वर्ष सजाय तोकेको थियो । तर,उक्त हतियार सेनाकै अर्का एक सिपाहीले सहकर्मीको हत्याका लागि प्रयोग गरेको प्रमाणित भएपछि घटनाले अर्कै मोड लिएको हो ।

उनीमाथि हत्या,बैंकिङ कसूर र हतियार चोरीको अभियोग लागेको थियो ।

यसअघि नै आफूहरु निर्दोष रहेको भन्दै गुरुङ र तामाङले सैनिक विशेष अदालतमा पुनरावेदन दिएका थिए । मुध्दाको अन्तिम सुनुवाई चलिरहेको र सम्भवत: आज फैसला आउने बताइएको छ । ‘ढकालले हतियार चोरेको स्वीकार गरिसकेको र उनीमाथि सजायसमेत तोकिएकाले यिनीहरु (गुरुङ र तामाङ) निर्दोष छन् भन्ने नै देखिन्छ। तर,अदालती प्रक्रियामा गैसकेकाले अहिले नै निर्दोष भन्न मिल्दैन। अदालती प्रक्रियाबाटै फाइनल भएर आउला’,सैनिक स्रोतले भन्यो ।

यता,गुरुङ्ग र तामाङ्गले चोरेको भनिएको हतियार प्रयोग गरी आफ्नै सहकर्मीलाई गोली हानेर मारेको अभियोगमा सिपाही गंगाधर ढकाललाई जन्मकैदको फैसला सुनाइएको छ । उनीमाथि हत्या,बैंकिङ कसूर र हतियार चोरीको अभियोग लागेको थियो । हिजो सैनिक विशेष अदालतले उनीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

“गंगाधरले हतियार चोरेको र हत्या गरेको स्वीकार गरिसकेको र उनीमाथि सोही आरोपमा अदालतले जेल सजाय तोकिसकेकाले गुरुङ र तामाङले सफाई पाउने सम्भावना छ ।”

दि फेमस महिन्द्र दल गण चितवनमा कार्यरत ढकालले सोही गणका हुद्दा भारत गुरुङलाई गोली हानी हत्या गरेको अभियोगमा साउन ७ गते पक्राउ परेका थिए । उनीमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । भदौ १ गते जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासले सैनिक अदालतको क्षेत्राधिकार भन्दै सेनालाई बुझाउन आदेश दिएको थियो । त्यसपछि नेपाली सेनाले कोर्टमार्सल गरेको थियो । कोर्ट मार्सलको प्रतिवेदनका आधारमा सेनाले समरी जनरल सैनिक अदालत गठन गरी सुनुवाई थालेको थियो ।

सैनिक स्रोतका अनुसार सिपाही गंगाधरले हतियार चोरेको र हत्या गरेको स्वीकार गरिसकेको र उनीमाथि सोही आरोपमा अदालतले जेल सजाय तोकिसकेकाले गुरुङ र तामाङले सफाई पाउने सम्भावना छ । यद्यपि अदालती प्रक्रियामा गैसकेकाले सोहिअनुसार फैसला भएर आउनेछ।

टिप्पणीहरू