नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान

नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान

ललितुपरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान भएको छ । नाइके, भाइ नाइकेको व्यवहारबाट आजित भएपछि उनीहरुबीच हात हालाहाल भएको बताइएको छ ।

जेलर चिरञ्जिवी गिरीसँग सम्पर्क गर्दा भिडन्तबारे स्पष्ट नबताए पनि आफू भीडभाडमा रहेकाले पछि सम्पर्क राख्न बताएका छन् ।

जेलभित्रको व्यवस्थापन मिलाउन त्यहाँको प्रशासनले कैदीहरुबीच नाइके, भाइ नाइकेको जिम्मेवारी तोकेको हुन्छ । उनीहरुले कैदीबन्दीलाई पनपच्छे गरेपछि बिरोधमा हानाहान भएको बुझिएको छ ।

टिप्पणीहरू