एमालेको नाममा बिज्ञप्तीमाथि बिज्ञप्ती
एमाले विभाजन भएर नेकपा समाजवादी गठन भएसँगै संघदेखि प्रदेश र स्थानीय तहसम्मका नेता कार्यकर्ताले कित्ता क्लियर गर्ने क्रम जारी छ । यसको कानूनी छुट भोलिसम्मलाई छ ।
संघीय सदनमै ३३ सांसद माधव नेपाल पक्षतिर खुल्नुभएको छ भने प्रदेश १ मा नेकपा समाजवादीतिर १० सांसदले कित्ताकाट गरेका छन् । यस्तै २ नम्बर प्रदेशबाट १३ सांसद माधव नेपाल पक्षमा लागेका छन् । बाग्मती प्रदेशबाट १३ जना प्रदेश सभा सदस्यले नेकपा समाजवादीको पक्षमा सनाखत दिएका छन् ।
गण्डकी प्रदेशमा माधव नेपाल पक्ष कमजोर देखिएको छ । लुम्बिनी प्रदेशबाट नेकपा एसको पक्षमा रमा घर्तीले सनाखत गरेकी छन् । सुदूरपश्चिममा १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर लागेका छन् । अहिलेसम्मको आँकलनमा दुई वटा प्रदेशमा माधव नेपाल खेमा बलियो देखिएको छ ।
यसरी सांसददेखि जनप्रतिनिधिसम्म नेकपा (एस) तिर खुल्न थालेसँगै एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ती नै निकालेर सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गर्नुभएको छ ।
महासचिव पोखरेलद्वारा अहिले बिहान जारी विज्ञप्तीमा नयाँ दलमा नजान आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ,एमालेका देशैभरका जनप्रतिनिधिहरुलाई फुट र विभाजनको विपक्षमा उभिन,अन्य पार्टीको गलत उक्सावटमा नलाग्न हार्दिक अपिल गर्दछु ।
अस्ति पोख्रेलले बनेपा पुगेर ०७५ जेठ २ को स्थितिमा सर्लक्कै फर्कन नसकिने,१० बुँदे कार्यदलको सुझाव मात्र रहेको र पार्टीले जस्ताको तस्तै निर्णय नगरेको बताउनुभएको थियो ।
टिप्पणीहरू