हटाएको महिना कट्यो,नाम चाहिँ यथावत

हटाएको महिना कट्यो,नाम चाहिँ यथावत

नेपाल रेल्वे कम्पनीमा नियुक्त भएका १५१ ज्यालादारी कर्मचारीहरु हटाइएका छन् । यस अघिका प्रवन्ध सञ्चालक गुरु भट्टराईले नियुक्ति दिएका ती ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रवन्धक निरञ्जन झाले हटाएका हुन् । झाले अस्ति शुक्रवार एक सूचना प्रकाशन गर्दै कर्मचारीहरुलाई आफूखुशी हाजिर नगर्न भनेका हुन् ।

जयनगर कुर्था खण्डमा रेल सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको हुँदा रेल सञ्चालनको टुङ्गो नलागेसम्म ती ज्यालादारी कर्मचारीलाई कानूनसम्मत नमिल्ने भनी झाले हटाएका हुन् ।

झाले निकालेको विज्ञप्तीमा ती कर्मचारीलाई आफूखुशी हाजिरी नगर्न र यदि अटेर गरी हाजिर गरे पनि कानूनी रुपमा ज्याला रकम भुक्तानी गर्न नसकिने चेतावनी दिइएको छ ।

झाले रेल चल्ने निश्चित भएपछि लोकसेवाकै च्यानलबाट कर्मचारी पदपूर्ति गरिने प्रतिक्रिया दिएका छन् । देउवा नेतृत्वको सरकार आएसँगै रेल्वे कम्पनीका प्रवन्ध सञ्चालक गुरु भट्टराईलाई स्पष्टीकरणको पत्र काटिएको थियो ।

स्पष्टीकरण नदिई राजीनामा दिएसँगै त्यहाँ माधव नेपाल निकट मानिने निरञ्जन झा नियुक्त भएको महिना दिन पुग्न लागिसक्यो तर सो कम्पनीको वेभ साइटमा चाहिँ अझै पनि महाप्रवन्धकको रुपमा उनै गुरुको नाम देख्न सकिन्छ ।

टिप्पणीहरू