विमानस्थलमा एमसीसी र केपी ओली मूर्दावादको नारा,प्रदर्शनकारी पक्राउ

विमानस्थलमा एमसीसी र केपी ओली मूर्दावादको नारा,प्रदर्शनकारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारअगाडि एमसीसीविरुद्ध नारा लागेको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली विमानस्थलबाट आउँदै गर्दा एमसीसीबिरोधी राजनीतिक दल तथा समूहले नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीलाई प्रहरीले विमानस्थलमा प्रवेश गर्न नदिएपछि उनीहरु स्वर्णद्वार अघिल्तिर जम्मा भएर बिरोध प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, केपी ओली मूर्दावादलगायतका नारा लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

 

टिप्पणीहरू