संसद्मा नयाँ दलले कता पाउलान् सिट ?

संसद्मा नयाँ दलले कता पाउलान् सिट ?

आजबाट संसद् अधिवेशन शुरु हुने भएको छ । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी संसद्मा थपिएसँगै सांसदहरू बस्ने रोह पनि बढेको छ ।

नयाँ सिट व्यवस्थापनअनुसार राष्ट्रिय सभामा अध्यक्षको दायाँ सत्तापक्ष र बायाँ विपक्ष रहने परम्पराअनुरुप दायाँको सबैभन्दा अगाडिको रोहमा नेपाली कांग्र्रेसका सांसद बस्नेछन् ।

यसअघि चतुर्भुज आकारमा बस्दै आएको आर्को सत्तासिन दल एनेकपा माओवादीका साँसद अव भने अंग्रेजी अक्षर एल आकारमा बस्नेछन् । नयाँ सत्तासीन दल जनता समाजवादी दलका सांसद तेस्रो रोहमा रहने गरी व्यवस्था मिलाइएको राष्ट्रिय सभा सचिवालयले बताएको छ ।

मुख्य विपक्षी दल नेकपा एमाले बायाँतर्फ पहिलो रोहमा लहरै बस्नेगरी व्यवस्था मिलाउँदा अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पनि एमालेको पछाडि बस्ने गरी सिट प्लान सभाले गरेको छ ।

कलम चिह्नवाला डाक्टर खिमलाल देवकोटा पनि सत्तापक्षको रोहमा बस्नेछन् । यता, प्रतिनिधि सभामा पनि दल बढेसँगै सिट प्लान पनि बदलिएको सचिवालयले बताएको छ ।

सधैँजस्तै सभामुखको दायाँ सत्ता पक्ष र वायाँ विपक्ष बस्ने भए पनि दल बढेसँगै रो मिलाउन सचिवालयलाई गाह्रो भएको कर्मचारीले बताएका छन् । सभामुखको दायाँ सबभन्दा अगाडि सरकारको नेतृत्व गरेको दल कांग्र्रेसका रहनेछ ।

दोस्रो रोहमा एनेकपा दाओवादी हुँदै क्रमशः नेकपा एस र जसपा रहनेछन् । विपक्षी रोहमा भने पहिलोमा एमाले, दोस्रोमा लोसपा र अन्य दल रहनेछन् ।

टिप्पणीहरू