‘एमालेका १४ सांसदलाई गरिएको कारबाहीमा वैधानिकता छैन’

‘एमालेका १४ सांसदलाई गरिएको कारबाहीमा वैधानिकता छैन’

प्रतिनिधिसभामा नेपाली काँग्रेसकी मुख्य सचेतक पुष्पा भुसालले नेकपा एमालेले आफ्ना १४ सांसदलाई बर्खास्त गर्न सिफारिस गरेको कारबाही अवैध रहेको बताउनुभएको छ ।

जनआस्थासँगको सँक्षिप्त कुराकानीमा भुसालले उक्त अवैध कारबाहीको रटान गरेर संसद चल्न नदिए सत्ता पक्षले पनि पेलेरै संसदको कामकारबाही अघि बढाउन सक्ने सङ्केत गर्नुभएको छ । उहाँको भनाई छ,‘आफ्नो गुटका स्वार्थलाई इस्यु बनाएर संसद चल्न नदिनु असंसदीय हर्कत भएकाले सरकारले यस्तो हर्कत टुलुटुलु हेरेर बस्दैन ।”

दिउँसो ४ बजे शुरु भएको प्रतिनिधिसभाको बैठक एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना धारणा राखेपछि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुखले बैठकलाई १५ मीनेटको निम्ति स्थगित गर्नुभएको थियो ।

तर,एमालेले अटेर गरेमा सभामुखले सूचना टाँस गर्न लगाएर बैठक स्थगन गर्ने सम्भावना बढेको बताइन्छ ।

टिप्पणीहरू