विमानस्थलमा एमसीसी उपाध्यक्षको बिरोध गर्ने ५ जना पक्राउ,गाडीसमेत नियन्त्रणमा
एमसीसी उपाध्यक्ष फतिमा सुमारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं छिर्दै गर्दा हल्का बिरोध भएको छ । विमानस्थल छिर्ने चक्रपथसँगैको स्वर्णद्वार अघिल्तिर जम्मा भएको स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले सुमार त्यहाँनेर आउनै लाग्दा प्रदर्शन गर्न खोजेका थिए । सँगैको सवारी साधनमा बसेर नो एमसीसी (एमसीसी चाहिँदैन) अंकित टी शर्ट लगाएका प्रदर्शनकारीसँगै उनीहरुको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विमानस्थल नजिकैबाट पक्राउ परेकाहरुमा नेपालसहित उक्त अभियानका महासचिव कृष्ण प्रसाईं र अन्य चार जना छन् ।

उपाध्यक्ष सुमारसहित आएको एमसीसी टोली १० बजे विमानस्थलबाट बाहिरिएर नागपोखरीस्थित होटल मेरियट पुगेको छ । टोलीमा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससमेत छन् ।
यसैबीच एमसीसी उपाध्यक्षले आज दिउँसो साढे १२ बजे गर्ने अमेरिकी राजदूतसँगको भेट,साढे १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भेट र दिउँसो साढे २ बजेपछि होटल याक एण्ड यतिमा हुने अन्यसँगको भेटघाटलाई असफल बनाउन अभियान र उन्नत लोकतन्त्र पार्टीेले औपचारिक आह्वान गरेका छन् ।
टिप्पणीहरू