एमाले,काङ्ग्रेसको विवाद अनिल सिन्हा श्रीमानको इजलासमा
एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाऊँ भनी हिजो दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशमा पेशी चढेको छ । हिजोमात्र संघीय सांसद पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्चमा रिट दिएका थिए,जुन ७ नम्बर इजलाशको १६ औं नम्बरमा पालो परेको हो ।
नेकपा समाजवादीमा सनाखत गर्न जाँदा निर्वाचन आयोगले म्याद कट्यो भनेपछि बिचल्लीमा परेका पाण्डे र भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन माग गरेका हुन् । रिटमा विवाद किनारा नलागेसम्म एमालेको तर्फबाट हुनसक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।
उता अनिल सिन्हा श्रीमानकै इजलाशमा बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कांग्रेसको महाअधिवेशन रोक्न दायर गरेको रिटको समेत पेशी चढेको छ । छैटौं नम्बरमा राखेर उक्त रिटमाथि सुनुवाई हुँदैछ ।
टिप्पणीहरू