एकाएक आज किन बन्द गरियो पुरानो बानेश्वरको सडक ?

एकाएक आज किन बन्द गरियो पुरानो बानेश्वरको सडक ?

केहीबेर अघिदेखि पुरानो बानेश्वरतर्फ जाने यातायातको साधन र पैदल यात्रुलाई प्रहरीले रोक लगाएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारको काठमाडौं आगमन र एमसीसीको बिरोध भएको सन्दर्भमा सबैलाई त्यही अड्कल लगाएका छन् ।

तर, त्यहाँको एउटा आँखा क्लिनिकमा शंकास्पद वस्तु फेला परेपछि यातायात र पैदल यात्रुलाई रोक लगाएको ट्राफिक प्रहरीले बताएको छ । स्थानीय मातृका आई सेन्टरको तेस्रो तलामा रहेको शौचालयभित्र ‘बम’ रहेको आशंका गरेपछि तत्काललाई आवागमनमा रोक लगाइएको हो ।

आज तीजको दिन सडकमा पशुपतिनाथ मन्दिरको बाहिरैबाट दर्शन गर्न हिँडेका महिलाको चहलपहल निकै रहेको पुरानो बानेश्वर क्षेत्र एकाएक सुनसान देखिएको छ । शंकास्पद वस्तुको पहिचान र त्यसलाई निष्क्रिय बनाउन सेना र प्रहरीको टोलीलाई खबर गरिएको बताइएको छ ।

टिप्पणीहरू