आज किन बस्यो हात्तिबनमा तीन नेताको बैठक ?

आज किन बस्यो हात्तिबनमा तीन नेताको बैठक ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार विस्तारको लागि आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास नजिकै बैठक बसेको छ । सत्ता गठबन्धनमा सहभागी दलका नेताहरु माधवकुमार नेपाल र उपेन्द्र यादव उक्त छलफलमा हुनुहुन्थ्यो ।

सरकार विस्तारमा सामेल हुन समस्यामा रहेका भनिएका दुई दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको पहलमा बैठक बसेको एकथरिको भनाई छ ।

हात्तिबनस्थित सिटी स्केप अपार्टमेन्टमा भएको छलफलमा बाँकी रहेका मन्त्रालयमा सबैको चित्त बुझ्ने गरी सहमति गर्ने उद्देश्य रहेको स्रोतले दाबी गरेको छ । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो ।

स्रोत भन्छ, ‘प्रचण्डलाई काँग्रेस,दुबै समाजवादी र आफ्नै नेताहरुको चित्त बुझाउनुपर्ने बाध्यता छ ।’ त्यस क्रममा दाहालले विवादित एमसीसी सम्झौतावारे त्यसका उपाध्यक्ष फतिमा सुमारसँग हुने वार्तामा कसरी प्रस्तुत हुने भन्नेबारे समेत धारणा बनाउन आग्रह गर्नुभएको बताइएको छ ।

दाहालले सकेसम्म फतिमासँगको भेटमा गठबन्धनका माओवादी,एकीकृत समाजवादी र जसपाको एउटै आवाज होओस् भन्ने चाहनाले बैठकको आयोजना गर्नुभएको माओवादी स्रोतले बताएको छ । नेपाली काँग्रेस जसरी पनि एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा रहँदै आएको छ ।

टिप्पणीहरू