बालकोटबाट फर्किंदै गर्दा कोटेश्वरमा फतिमालाई कालो झण्डा

बालकोटबाट फर्किंदै गर्दा कोटेश्वरमा फतिमालाई कालो झण्डा

पूर्व बाल लडाकूहरुले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई कालो झण्डा देखाएका छन् । एमसीसी सम्झौता अनुमोदन गराउन सक्रिय रहेको भन्दै करण बस्यालसहित झण्डै तीन दर्जन पूर्व बाल लडाकूले फातिमालाई कोटेश्वर चोकमा कालो झण्डा देखाएका हुन् ।

कालो झन्डासहित विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । हाल उनीहरुलाई महेन्द्र पुलिस क्लब भृकुटीमण्डप लगिएको बताइएको छ ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर चर्को विवाद छ । विवाद बढेपछि झन्डै डेढ वर्षदेखि संसदमा विचाराधीन सम्झौता अनुमोदन हुन सकेको छैन । पछिल्लो समय सरकारले एमसीसीलाई सदनमा टेबल गर्ने तयारी गरेपछि चौतर्फी विरोध भैरहेको छ। यसैबीच नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्षलाई लक्षित गरी विभिन्न विरोध प्रदर्शनका कार्यक्रम भैरहेका छन्।

फातिमासहितको एमसीसी टोली आज बिहान काठमाडौँ झरेको हो । टोलीले पहिलो भेटवार्ता एमाले अध्यक्ष केपी ओलीसंग बालकोटमा गरेको छ । बालकोटबाट फर्किंदै गर्दा पूर्व बाल लडाकूले कोटेश्वरमा कालो झण्डा देखाएका हुन् ।

टिप्पणीहरू