बानेश्वर क्याम्पस नजिकै बेवारिसे लाश
बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती किनारमा बेवारिसे लाश फेला परेको छ । बागमती नदीमा तैरिरहेको अवस्थामा गए रातिदेखि लाश त्यहाँ देखिएको बताइएको छ ।
लाशको प्रकृति हेर्दा नदीले बगाएर ल्याएको लाश त्यहाँ तैरिएको हुनसक्ने अनुमान गरिएको छ । लाश फेला परेको खबर पाएपछि नेपाली प्रहरी रातीदेखि नै त्यहाँ खटिएको स्थानीयले बताएका छन् ।
लाश अन्दाजी २५ देखि ३० वर्षको पुरुष भएको बताइन्छ । प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिसकेको छ ।
टिप्पणीहरू