एमसीसी उपाध्यक्ष सबेरै खुमलटारमा

एमसीसी उपाध्यक्ष सबेरै खुमलटारमा

अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार भर्खरै खुमलटार पुगेकी छन् ।

हिजो काठमाडौं ओर्लेपछि राजनीतिक भेटघाटमा सक्रिय सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै भेटवार्ता गर्न खुमलटार पुगेको बताइएको छ ।

भेटवार्तामा एमसीसीका सहायक उपाध्यक्ष तथा काठमाडौंस्थित अमेरिकी दुतावासका अधिकारीहरु सहभागी छन् ।

यसअघि उनले हिजो प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई भेटेर एमसीसीबारे चासो राखेकी थिइन् ।

आज शुक्रबार फातिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाललाई भेट्ने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू