किन बोलाइयो अपर्झट राष्ट्रिय सुरक्षा परिषद्को बैठक ?

किन बोलाइयो अपर्झट राष्ट्रिय सुरक्षा परिषद्को बैठक ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले अचानक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ । आकस्मिक रूपमा सुरक्षा परिषद्को बैठक बोलाइएपछि हिजै मात्र नियुक्त प्रधानसेनापति प्रभुराम शर्माले १ बजे देशभरका सैन्य युनिटहरुलाई गर्ने भनिएको भिडियो सम्बोधन कार्यक्रमसमेत सारिएको छ ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन को निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । अहिले त्यस्तो कुनै अवस्था नभएकाले आज बैठक बोलाउनुको उद्देश्य खुलेको छैन ।

कतिपयले भने एमसीसी सम्झौता पारित हुँदा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतिबारे छलफल गर्न र आवश्यक रणनीति बनाउन परिषद बैठक बोलाइएको अनुमान गरेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री,गृहमन्त्री, परराष्ट्रमन्त्री,अर्थमन्त्री,मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

टिप्पणीहरू