नारायणहिटीमा अर्को संग्रहालय बन्ने
सरकारले नारायणहिटी दरवार संग्रहालय परिसरमा शासकीय संग्रहालय निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज प्रतिनिधिसभामा पेश गर्नुभएको प्रतिस्थापन विधेयकमा मलुकको सम्पूर्ण कालखण्ड झल्किने गरि ऐतिहासिक शासकीय संग्रहालय निर्माण गर्ने उल्लेख गरिएको छ ।
अर्थमन्त्री शर्माले योगमायादेखि हालसम्मका शहीद, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा योगदान र नेतृत्व गरेका राजनीतिज्ञहरूको इतिहास समेट्ने गरि संग्रहालय निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।
त्यस्तै, धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक संग्रहालय स्थापना गर्ने पनि बजेटमा उल्लेख छ ।
टिप्पणीहरू