तुल्सी गौतम अदालतबाट फर्केलान् त सन्चय कोष ?
तीन साताअघि बर्खास्तीमा परेर तत्कालका लागि राहत पाएका कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमको मुध्दाको सुनुवाई आज प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र कुमार रेग्मीको संयुक्त इजलाशमा हुँदैछ ।
गत ३ भदौको क्याबिनेटले कर्मचारी सन्चय कोषमा प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गरेको थियो । आफ्नो बर्खास्तीविरुध्द गत ११ भदौमा सर्वोच्च अदालत गुहार्न पुगेका गौतमलाई हटाउने सरकारको निर्णयमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले रोक लगाइदिएको थियो ।
श्रेष्ठको इजलाशले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उनी अघिल्लो मंगलबारदेखि पुल्चोकस्थित कार्यालयमा फर्किएर काम गर्न थालिसकेका छन् ।
०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए ।
सो नियुक्ति उल्टाइदिएपछि अदालत गुहार्न पुगेका उनको मुद्धाको अन्तिम किनारा आज लाग्नेछ । प्रधानन्यायाधीश जबराले आफ्नै इजलाशको पहिलो नम्बरमा तुलसी गौतमले दायर गरेको रिटको सुनुवाई गर्न लागेका हुन् ।
टिप्पणीहरू