रातोपुलबाट सिपीले र रत्नपार्कबाट विप्लवले बेलुन उडाए

रातोपुलबाट सिपीले र रत्नपार्कबाट विप्लवले बेलुन उडाए

एमसीसीविरुद्ध देशव्यापी आन्दोलन चर्किएको बेलामा आज कालो बेलुन उडाएर सांकेतिक बिरोध जनाइएको छ । सीपी मैनाली नेतृत्वको नेकपा माले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालो बेलुन उडाएका हुन् ।

मालेले रातोपुलस्थित पार्टी कार्यालयबाट कालो बेलुन उडाएको हो । बेलुन उडाउने कार्यक्रमको नेतृत्व सो पार्टीका स्थायी कमिटी सदस्य डम्बर श्रेष्ठले गरेका छन् ।

यता, भर्खरै विप्लव समूहले पनि रत्नपार्कबाट कालो बेलुन उडाएको छ । सो पार्टीले उडाएको बेलुनमा ‘नो एमसीसी’ लेखिएको ब्यानर बाँधिएको छ ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर लामो समयदेखि चर्को विवाद छ । सरकारले संसद्को जारी अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिहरुले बिरोध प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू