विप्लवको जनसभामा उपत्यकाबाहिरबाट २१ बस सहभागी

विप्लवको जनसभामा उपत्यकाबाहिरबाट २१ बस सहभागी

अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोधमा काठमाडौंको खुलामञ्चमा नेकपा माओवादी विप्लवको आमसभा शुरु भएको छ । त्यसअघि काठमाडौंको लैनचौर, त्रिपुरेश्वर,ललितपुर,भक्तपुर लगायतका क्षेत्रबाट विभिन्न नेताको नेतृत्वमा जुलुश निकालिएको थियो ।

सबै जुलुश रत्नपार्क खुलामञ्चमा पुगेपछि जनसभा शुरु भएको छ । महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य माइला लामा तथा प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्ड, विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले समेत सम्बोधन गर्ने योजना रहेको बताइन्छ ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपत्यका बाहिरका जिल्लाबाट २१ वटा बसमा कार्यकर्ता तथा समर्थक ल्याइएको स्रोतको दाबी छ ।

टिप्पणीहरू