खैरोहिरोईन र ब्राउनसुगरसहित दुई पक्राउ

प्रहरीले झापा बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भीमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन ।
हिजो राती करिव १० बजेतिर को २७ प ८६७४ नम्बरको मोटरसाईकल हाँकेर हिडेका राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर गस्ती प्रहरीले फेला पारेको हो ।
उनकै वयानका आधारमा प्रहरीले ब्राउनसुगर ओसारपसारमा संलग्न रहेको भन्दै लिम्बुलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैविरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिप्पणीहरू