कीर्तिपुरमा ९ वर्षीया नाबालिकामाथि ४५ वर्षेद्वारा बलात्कार

कीर्तिपुरमा ४५ वर्षे पुरुषले एक नाबालिकालाई बलात्कार गरेका छन् । कीर्तिपुर नगरपालिका ६, चोभार डेरा गरी बस्ने भारत बिहारका ४५ वर्षीय महमद अमिर उलले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।
बालिकालाई जरबजस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उललाई पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू