राजधानीमै काकाको ३ लाख भतिजले लुटे

आफ्नै काकाको तीन लाख रुपैयाँ लुटेको आरोपमा भक्तपुरको मध्यपुर ठिमीबाट एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका १, लोकन्थलीबाट नगद तीन लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडीका २६ वर्षीय लवजित भट्ट पक्राउ परेका हुन् ।
भट्टले आफ्नै काकालाई विदेश पठाउन सहयोग गर्ने प्रलोभनमा लोकन्थलीमा लगेर साथमा रहेको तीन लाख नगद लुटेको प्रहरीले जनाएको छ ।
लुटिएको खबर लगत्तै प्रहरीले उनलाई त्यहिँबाट पक्रेको हो ।
टिप्पणीहरू