आज पनि स्रोत नखुलेको साढे ३८ लाख भेटियो

आज पनि स्रोत नखुलेको साढे ३८ लाख भेटियो

आज पनि वीरगञ्जमा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद भएको छ । उक्त रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका ३ लिपनीमाल बस्ने १९ वर्षीय दिपककुमार सर्राफ हुन् ।

वीरगञ्ज महानगरपालिका ६ माईस्थानस्थित कन्हैया प्रसादको केपी ज्वेलर्समा हुण्डी कारोबार गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल, १६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू