बिरोधको ठहर-झूठ र कुतर्क गर्दा पनि ताली पिट्छन् एकथरी

बिरोधको ठहर-झूठ र कुतर्क गर्दा पनि ताली पिट्छन् एकथरी

नवगठित नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहका दोस्रो तहका नेताहरुले खड्गप्रसाद ओलीसामु आत्मसमर्पण गरेको बताउनुभएको छ । आफैँसमेत सहभागी कार्यक्रममा ओलीले जेठ २ मा फर्किन नसकिने अभिव्यक्ति दिँदा पनि कुनै प्रतिवाद गर्न नसक्ने भन्दै उहाँले आत्मसमर्पणको आरोप लगाउनुभएको हो ।

केही समयअघि ओलीले एमाले सम्पूर्ण रुपमा २०७५ जेठ २ मा फर्किन नसक्ने टिप्पणी गर्नुभएको थियो । १० बुँदे गरेर पार्टीका सबै सांगठनिक संरचना जेठ २ मा फर्काउन सहमति गरेर माधव नेपाल समूह छाडी ओलीतिर लागेका ‘तेस्रोधार’ का नेताहरु समेत संलग्न कार्यक्रममै ओलीले त्यस्तो अभिव्यक्ति दिँदा पनि उनीहरु मौन बसेका थिए । त्यसप्रति टिप्पणी गर्दै नेता खतिवडाले तत्कालीन माधव समूहका नेताहरु ओलीका अगाडि निरीह बनेको बताउनुभयो ।

‘सुदूरपश्चिममा ढाडमा लात, बाग्मती प्रदेशमा काँधमा लात । विभिन्न जिल्ला कमिटीमा के के हो के के । भाषणमै जेठ २ मा फर्किन सकिंदैन भनिसकेका छन्’,

यस्तो अवस्थामा अब उनीहरु सामु तीनवटा विकल्प बाँकी रहेको खतिवडाले सुनाउनु भयो । ‘ओलीको दासत्व स्वीकार गरेर एमालेमै बस्ने,राजनीति छोड्ने वा एकीकृत समाजवादीमा फर्किने बाहेक उहाँहरुसँग अरु कुनै विकल्प छैन’, एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभयो ।

बाग्मती र सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादी नेतालाई नै इञ्चार्ज कायम गर्ने ओलीको निर्णयले ‘तेस्रो धार’लाई लात हानेको खतिवडाको टिप्पणी छ । ‘सुदूरपश्चिममा ढाडमा लात, बाग्मती प्रदेशमा काँधमा लात । विभिन्न जिल्ला कमिटीमा के के हो के के । भाषणमै जेठ २ मा फर्किन सकिंदैन भनिसकेका छन्’, उहाँले भन्नुभयो ।

ओलीले वैशाख २७ गते संसदमा अनुपस्थित हुनेलाई हरियो घाँसमा लुकेको साँपको संज्ञा दिंदा पनि पूर्वमाधव समूहका नेताहरुले प्रतिवाद गर्न नसकेको पनि खतिवडाको भनाइ छ । आफ्नै अगाडि आफूलाई कुलंघार, अपराधी भन्दा पनि ङिच्च दाँत देखाएर लाचारी प्रकट गरेको भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभयो ।

‘ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेलेकालाई जिन्दगीभर म बिर्सन्न भनेको छ । अपराधी करार गर्दा पनि उनीहरु पछाडिको कुर्सीमा ङिच्च दाँत देखाएर बसेका छन् । लम्पसार नपरेको भए त्यस्तो आरोप लगाउँदा किन प्रतिवाद गर्न नसकेको ?’

‘ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेलेकालाई जिन्दगीभर म बिर्सन्न भनेको छ । अपराधी करार गर्दा पनि उनीहरु पछाडिको कुर्सीमा ङिच्च दाँत देखाएर बसेका छन् । लम्पसार नपरेको भए त्यस्तो आरोप लगाउँदा किन प्रतिवाद गर्न नसकेको ?’ उहाँको प्रश्न छ।

आफ्नो पार्टीका अध्यक्ष माधव नेपालसहित १४ सांसदमाथि कारवाहीको माग राख्दै एमालेले गरेको संसद अवरोधलाई खतिवडाले पागलपनको संज्ञा दिनुभयो । ‘एकातिर १४ जनालाई निकाल्छु भन्ने अर्कोतिर आफैँ निस्किएर अर्को पार्टी गठन गर्दा किन गरिस् भन्दै बौलाएर हिँड्ने’, उहाँले भन्नुभयो, ‘५०० दिन संसद अवरुद्ध गरे पनि हामीलाई निकाल्न सक्दैनन् ।’

‘एकातिर १४ जनालाई निकाल्छु भन्ने अर्कोतिर आफैँ निस्किएर अर्को पार्टी गठन गर्दा किन गरिस् भन्दै बौलाएर हिँड्ने’, उहाँले भन्नुभयो, ‘५०० दिन संसद अवरुद्ध गरे पनि हामीलाई निकाल्न सक्दैनन् ।’

संविधान र कानूनअनुसार नै आफूहरुले पार्टी गठन गरेकाले कारवाहीको कुनै तुक नभएको उहाँको जिकिर छ । संसदमा नारा लगाउँदैमा कारवाही हुने भए ओलीविरुद्ध सत्तापक्षका १६५ जना सांसदले नारा लगाए के हुन्छ भनी उहाँले प्रश्नसमेत गर्नुभयो । ‘यदि एमालेका ८० जनाले नारा लगाएर हामीलाई निकाल्न मिल्ने भए हामी ८० को दोब्बर १६० जनाले नारा लगाउँछौं । त्यतिबेला सभामुखले के गर्नुहुन्छ ?’ खतिवडाले प्रश्न गर्नुभयो।

‘यदि एमालेका ८० जनाले नारा लगाएर हामीलाई निकाल्न मिल्ने भए हामी ८० को दोब्बर १६० जनाले नारा लगाउँछौं । त्यतिबेला सभामुखले के गर्नुहुन्छ ?’

उहाँले दुईपटक संसद भंग गरेकाले ओलीलाई संसदमाराको आरोपमा संसदबाट निकाल्नुपर्ने पनि बताउनुभयो । १४ जनालाई कारवाही नगर्दासम्म संसद चल्न नदिने एमाले नेताहरुको अभिव्यक्तिको खण्डन गर्दै नेता खतिवडाले संसद्को हत्यारा केपी ओली हुँदासम्म संसद चल्न हुँदैन भनेर अरुले नारावाजी गरेको अवस्थामा सभामुखले के गर्ने ? भन्ने प्रश्न आउने तर्क गर्नुभयो ।

उहाँले आगामी चुनावमा एमालेको पत्तासाफ हुने दाबीसमेत गर्नुभएको छ । एमालेभन्दा आफ्नो पार्टीले एक सिट भनेपनि बढी जित्ने जिकीर गर्दै खतिवडाले अन्यथा आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभयो ।

टिप्पणीहरू