आजदेखि ५ सय २३ जना कैदी फुक्काफाल
आजदेखि मुलुकका विभिन्न झ्यालखानामा कैद भुक्तान गरिरहेका ५ सय २३ जना कैदी मुक्त हुने भएका छन् ।
संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
ती कैदीलाई नेपालको संविधान २०७२, फौजदारी कसुर ऐन २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३, सर्वोच्च अदालतको २०७७ साउन १९ गतेको परमादेश,मुलुकको अपराध संहिता २०७४ तथा बालबालिकासम्बन्धी ऐन २०७५ र फौजदारी कसुर नियमावली २०७६ बमोजिम नेपाल सरकारको सिफारिशमा कैद मिनाहा गरेको पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू