ग्यास चुहाउने जगदम्बा,कारबाही सिफारिस जनतालाई

ग्यास चुहाउने जगदम्बा,कारबाही सिफारिस जनतालाई

बारास्थित जगदम्बा स्टिलको कारखानाबाट गत भदौ ११ गते घातक एमोनिया ग्याँस लिक हुँदा स्थानीय जनता आक्रोशित भएर कारखाना तोडफोड गरेपछि सरकारले बनाएको छानबिन समितिले रिपोर्ट बुझाएको छ ।

भदौ २१ गते गठित छानबिन टोलीले बुझाएको प्रतिवेदनमा ग्यास चुहावट गर्ने भन्दा पनि कारखानामा आक्रमण गर्ने स्थानीयहरुमाथि कारबाहीको सिफारिस गरिएको छ ।

छानबिन समितिले गृहमन्त्रीसमक्ष बुझाएको प्रतिवेदनमा उद्योगले ग्यास चुहाए पनि ग्यास चुहाएको बिरोधमा स्थानीयले गरेको तोडफोडलाई मुख्य दोष ठान्दै कारबाहीको सिफारिश गरिएको हो ।

प्रतिवेदनमा औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन,उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्ड पालना गर्न,उद्योगबाट सिर्जना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्य स्थानीयलाई प्राथमिकता दिनसमेत सुझाव दिइएको बताइएको छ ।

टिप्पणीहरू