आज पनि संसद अवरुद्ध, सरकार विधेयक पारित गर्ने मुडमा

आज पनि संसद अवरुद्ध, सरकार विधेयक पारित गर्ने मुडमा

नेकपा एमालेका सांसदहरुको अवरोधका बीच प्रतिनिधिसभा बैठकको कारबाही शुरु भएको छ । आजको बैठकबाट सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक पारित गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित गर्ने तयारीका साथ प्रतिपक्षी सांसदहरुको अवरोधका बीच सभामुख अग्नि सापकोटाले संसदको कारबाही अघि बढाउनुभएको हो ।

लगातार पाँचौँ दिन प्रतिनिधिसभा बैठक अवरोध गर्ने क्रममा एमाले सांसदहरुले आज पनि बैठक शुरू हुनासाथ नाराबाजी गर्दै बेल घेराउ गरेका छन् । एमालेले माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगरेर संसद चल्न नदिने बताउँदै आएको छ ।

टिप्पणीहरू