बूढीगण्डकीको कुरो माइतीघरमा
बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले विभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना दिएको छ । समितिले बूढीगण्डकी आयोजनाको निर्माण शुरु गर्नु पर्ने माग राख्दै दबाबमूलक धर्ना दिएको हो ।
समितिका संयोजक हरेराम ढकालको नेतृत्वमा मध्यान्ह १२ बजेबाट शुरु भएको उक्त कार्यक्रममा करिब १० जनाको उपस्थिति रहेको बताइएको छ ।
धर्नामा आयोजनाको मोडालिटी तयार गरी निर्माण शुरु गर, बूढीगण्डकी आयोजनामा राजनीति बन्द गर जस्ता नाराहरु लगाइएको छ ।
टिप्पणीहरू